×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

निक्षेप तथा कर्जा सुरक्षण कोषले माग्यो प्रमुख कार्यकारी अधिकृत, शैक्षिक योग्यता कति ?

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले प्रमुख कार्यकारी अधिकृत माग गरेको छ । अर्थमन्त्रालयको मातहतमा रहेको कोषले आज बिहिबार एक सूचना जारी गर्दै रिक्त पदमा खुल्ला प्रतिस्पर्धाको प्रतियोगितद्वारा पदपूर्ति गर्ने जनाएको हो ।
उक्त पदका लागि योग्यता भएका इच्छुक नेपालीले आजको मितिबाट आगामी १५ दिनसम्ममा अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय शाखामा आवेदन दिन सक्ने कोषले जनाएको छ । सो पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन, वाणिज्य कानून, लेखा बैंकिङ वा बीमा विषयमा कम्तीमा स्नाकोत्तरमा द्वितीय श्रेणीमा उत्तीर्ण भएको हुनुपर्नेछ ।
यस्तै बैंकिङ, बीमा र आर्थिक क्षेत्रमा कम्तीमा अधिकृत द्वितीय वा सो सरहको पदमा कम्तीमा ५ वर्षभन्दा बढीको अनुभव भएको र ३० वर्ष पूरा भई ६० वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: