×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरी हिल्सको वित्तीय अवस्था सुधारतर्फ, कुन सूचकको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

चन्द्रागिरी हिल्सको वित्तीय अवस्था सुधारतर्फ, कुन सूचकको अवस्था कस्तो ?

Artha Sarokar

१२ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चन्द्रागिरी हिल्स चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा ३ करोड ८७ लाख २१ हजार रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनी वित्तीय अवस्था गत वर्षको भन्दा सुधारउन्मुख रहेको हो । गत वर्षको सोहि अवधिको तुलनामा कम्पनी ८ करोड ७१ लाख ५९ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । कोरोना संक्रमणको असर कम हुँदा व्यवसायमा केहि सुधार आएपनि अहिलेसम्म असर कायम नै भएकाले नाफा प्रभावित भएको कम्पनीले जनाएको छ ।
यस्तै कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले ८ करोड १५ लाख ७० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा यसको सञ्चालन आम्दानी ४४ लाख २० हजार रुपैयाँ मात्रै थियो । साथै प्रतिसेयर आम्दानीमा भएको नोक्सानी पनि घटेको छ । गत वर्ष ७ रुपैयाँ ९० पैसा नोक्सानमा रहेको कम्पनीको प्रतिसेयर आम्दानी यो वर्ष २ रुपैयाँ ५२ पैसा नोक्सानीमा आएको छ ।
कम्पनीको जगेडा कोष ४३ करोड २२ लाख ८१ हजार रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ ८२ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी