काठमाडौँ । स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले बुधबार राति मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट बाग्लुङ गल्कोट नगरपालिका-१० पाण्डवखानी घर भएका ३६ वर्षीय चित्र बहादुर पुन मगरलाई पक्राउ गरेको हो ।
लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुन्डीको कारोबार भइरहेको भन्ने सूचना पाएको प्रहरीले मगरले चलाएको बा.४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । सोहिक्रममा मगर बस्ने कोठाको तलासी गर्दा थप ५० लाख रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ । मगरलाई आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहरभवन ललितपुर पठाइएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्