काठमाडौँ । स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले बुधबार राति मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट बाग्लुङ गल्कोट नगरपालिका-१० पाण्डवखानी घर भएका ३६ वर्षीय चित्र बहादुर पुन मगरलाई पक्राउ गरेको हो ।
लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुन्डीको कारोबार भइरहेको भन्ने सूचना पाएको प्रहरीले मगरले चलाएको बा.४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । सोहिक्रममा मगर बस्ने कोठाको तलासी गर्दा थप ५० लाख रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ । मगरलाई आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहरभवन ललितपुर पठाइएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्