×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ बिक्री गर्ने तयारीमा सीवाइसी नेपाल लघुवित्त, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ बिक्री गर्ने तयारीमा सीवाइसी नेपाल लघुवित्त, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

Artha Sarokar

१५ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सीवाइसी नेपाल लघुवित्तले ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले  ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको सो कित्ता सेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्याटिलले गर्नेछ ।
यस लघुवित्तले हालै मात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्तलाई एक्विजिशन गरेको छ । एक्विजिशनपश्चात् वित्तीय संस्थाको अधिकृत पूँजी २० करोड रुपैयाँ र जारी पूँजी १२ करोड १६ लाख ४१ हजार ८३७ रुपैयाँ पुगेको छ ।
संस्थापक समूहको ६७.५० प्रतिशत सेयर रहेको यस वित्तीय संस्थामा १ वटा संस्थासहित ९९ जना संस्थापक सेयरधनीहरुबाट ८ करोड २१ लाख ८ हजार २ सय ४० रुपैयाँ बराबरको सेयर पूँजी चुक्ता भइसकेको छ भने हाल ३७ वटा शाखा कार्यालयहरुमार्फत संस्थाले सेवा दिइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी