काठमाडौँ । सिडीएस एण्ड क्लियरिङले नेपालमा हालसम्म डिम्याट खाता खोल्नेको संख्या ४५ लाख नाघेको जनाएको छ । कम्पनीले आज २२ गते शुक्रबारसम्म कुल ४५ लाख १६ हजार ३६ जनाले डिम्याट खाता खोलेको जनाएको हो ।
सिडीएसका अनुसार भदौ र असोज महिनाको अवधिमा नेपालमा ५ लाख डिम्याट खाता थपिएका हुन् । यस्तै आर्थिक वर्ष ७७/७८ मा कुल २० लाख ३१ हजार ६ वटा डिम्याट खाता खुलेका थिए। आर्थिक वर्ष ७६/७७ मा कुल १ लाख ८१ हजार ६३ वटा डिम्याट खाता खुलेका थिए ।