×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा असोज २३ गते हुँदै, प्रस्तावित २१.०५३ प्रतिशत लाभांश पारित गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा असोज २३ गते हुँदै, प्रस्तावित २१.०५३ प्रतिशत लाभांश पारित गरिने

Artha Sarokar

२० आश्विन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको २०औं वार्षिक साधारणसभा असोज २३ गते शनिबार हुने भएको हो । उक्त सभा चितवन गार्डेन रिसोर्ट चितवनमा बिहान ११ बजेबाट सुरु हुने भएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.०५३५ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले हाल कायम १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१० रुपैयाँ चुक्ता पुँजीमा बोनस सेयर तथा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । सभामा सेयर संरचना र कर्मचारीको पद समायोजनका बिषयमा नाडेप लघुवित्तसँग असहमति भएकाले मर्जर प्रकृया अघि नबढेको सम्बन्धमा सेयरधनीहरुलाई जानकारी गराइने भएको छ । नाडेपसँग मर्जर गर्न नसकिने भएकाले यो बिषय राष्ट्र बैंकलाई पनि जानकारी गराई सकिएको र अहिलेसम्म भए गरेका कामलाई अनुमोदन गर्ने एजेण्डा  रहेको छ । नाडेपसँगको मर्जर प्रकृया डीमर्ज गर्ने प्रस्ताव राखिएको छ ।

सभामा साधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा पनि रहको छ । यस्तै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेण्डा पनि रहेको छ । कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि डिप्रोक्सले असोज १२ गतेदेखि २३ गतेसम्म बुक क्लोज गरेको छ । त्यसकारण असोज ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा भाग लिन पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी