×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अख्तियारद्वारा जिल्ला प्रशासन कार्यालय धनुषाका नासु चौधरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अख्तियारद्वारा जिल्ला प्रशासन कार्यालय धनुषाका नासु चौधरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

Artha Sarokar

१८ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, धनुषामा कार्यरत नासु उमेश कुमार चौधरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । चौधरीले सेवाग्राहीबाट नागरिकताको प्रतिलिपि बनाइदिने बाहनामा ८ हजार ५०० रुपैयाँ घूस लिइसकेको अवस्थामा गत भदौ २२ गते अख्तियारले नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा जन्म मिति सच्याई नागरिकताको प्रतिलिपि बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग घूस लिएको पुष्टी भएको भन्दै अख्तियारले मागदावी लिएर निज चौधरीविरुद्ध सोमबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको बताएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी