Skip to content
LAXMI SUNRISE BANK

स्रोत नखुलेको १८ लाख रुपैयाँ र सुन जस्तो देखिने धातुसहित धरानबाट दुई जना पक्राउ

अर्थ सरोकार

काठमाडौं । स्रोत नखुलेको रकम र सुन जस्तो देखिने धातुसहित दुई जना पक्राउ परेका छन् । सुनसरीको धरान उपमहानगरपालिका- २ स्थित रत्न रोडबाट स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँ र बिल भरपाई बिनाको सुनजस्तो देखिने पाँच थान बालासहित दुई जनालाई प्रहरीले बिहिबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका- १५ सगरमाथा लाईन बस्ने ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका- २ बस्ने ३४ वर्षीय चन्द्र प्रसाद श्रेष्ठ रहेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद र धातुसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK