×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ईङवा हाइड्रोपावरले १९ लाख ६० हजार कित्ता आईपीओ बिक्री गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

ईङवा हाइड्रोपावरले १९ लाख ६० हजार कित्ता आईपीओ बिक्री गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले १९ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य रु. १०० दरको १९ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीका सेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ नियुक्त भएको छ ।

ईङवा हाइड्रोपावर लिमिटेडको रजिष्टर्ड कार्यालय, काठमाडौं वडा नं. ११, थापाथलीमा आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोपावर लिमिटेडको तर्फबाट सञ्चालक सतिश न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । ईङवा हाइड्रोपावर लिमिटेडले ताप्लेजुङ्ग जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ । नेपाल एसबिआई मर्चेण्ट बैकि लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: