काठमाडौं । नेपालको सबैभन्दा ठुलो र पुरानो महानगरपालिका काठमाडौं महानगरपालिकाको कर तथा राजस्व अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने भएको छ । यससँगै अबदेखि काठमाडौ महानगरपालिकाको सम्पती तथा भूमी, व्यवसाय र बहाल कर इसेवा मार्फत सहजै भुक्तानी गर्न सकिने भएको हो । इसेवा एकाउन्ट भएका व्यक्तिले मोबाईलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा पोइन्टमार्फत कर भुक्तानी गर्न सक्नेछन् । स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्यस क्षेत्रका बासिन्दालाई अझ सहज हुनुका साथै अहिलेको कोभिड-१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित हुने अपेक्षा गरिएको छ ।
महानगरबासीले दुई तरिकाबाट इ-सेवामार्फत भुक्तानी गर्न सक्नेछन् । यसको लागि नगरबासीले सुरूमा वडा कार्यालयमार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आइडी लिनुपर्नेछ । त्यसपछि इसेवाको मोबाईल एप अथवा वेभसाइटबाट भुक्तानी गर्न सकिनेछ भने काठमाडौ महानगरपालिकाको वेभसाइटबाट पनि युजरनेम र पासवर्ड हानेर इसेवा मार्फंत कर तथा राजस्व भुक्तानी गर्न सकिनेछ ।
हालसम्म बनेपा नगरपालिका, बासगढी नगरपालिका, बर्दघाट नगरपालिका, बेलौरी नगरपालिका, बिराटनगर महानगरपालिका, बिष्णुपुर गाउँपालिका, बुटवल उप महानगरपालिका, छ थर जोरपाटी गाउँपालिका, धनगढीमाई नगरपालिका, धरान उप महानगरपालिका, धुलिखेल नगरपालिका, गोदावरी नगरपालिका, गोकर्णेश्वर नगरपालिका, हेटौडा उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, काठमाडौँ महानगरपालिका, कावासोती नगरपालिका, केराबारी गाउँपालिका, कीर्तिपुर नगरपालिका, मध्यविन्दु नगरपालिका, नमोबुद्ध नगरपालिका, पुनर्वास नगरपालिका, सुन्दरहरैँचा नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका, तिलोत्तमा नगरपालिका लगायतका स्थानीय तहमा इसेवामार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिन्छ ।
मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ५० लाख रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख ४० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्