×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबारदेखि एक्सेल डेभलपमेन्ट बैंकले २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोमबारदेखि एक्सेल डेभलपमेन्ट बैंकले २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने (विवरणसहित)

२२ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको १०ः३ अनुपातमा असोज २५ गते अर्थात सोमबारदेखि हकप्रद सेयर खुल्ने भएको छ । बैंकले प्रतिसेयर १०० अंकित मूल्यमा २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता सेयर निष्कासन गर्न लागेको हो । यस हकप्रदमा लगानीकर्ताले कात्तिक १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ । हकप्रदमा एनआइबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई इक्राएनपी आइआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । चुक्ता पूँजी वृद्धि गर्ने उद्देश्यले एक्सेलले ३०% हकप्रद ल्याउन लागेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी