×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबारदेखि एक्सेल डेभलपमेन्ट बैंकको २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद सेयर बिक्रीमा, प्रतिसेयर मूल्य कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोमबारदेखि एक्सेल डेभलपमेन्ट बैंकको २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद सेयर बिक्रीमा, प्रतिसेयर मूल्य कति ?

२४ आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको १०ः३ अनुपातमा भोलि सोमबारदेखि हकप्रद सेयर खुल्ने भएको छ । बैंकले प्रतिसेयर १०० अंकित मूल्यमा २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता सेयर निष्कासन गर्न लागेको हो । यस हकप्रदमा लगानीकर्ताले कात्तिक १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ । हकप्रदमा एनआइबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई इक्राएनपी आइआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । चुक्ता पूँजी वृद्धि गर्ने उद्देश्यले एक्सेलले ३०% हकप्रद ल्याउन लागेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी