काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभा पनि भोलि शनिबार हुने भएको छ । बैंकको सभा सिद्धार्थ होटल विर्तामोड झापामा बिहान ११ बजे हुने भएको हो । बैंकले सभामा १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद लाभांश वितरण गर्ने मुख्य प्रस्तावसहित ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ ।
यस्तै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव छ । सभाका लागि असोज १ देखि १६ गतेसम्म बुक क्लोज हुनेछ । भदौ ३१ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित १२% बोनस सेयर पाउन सक्नेछन् । यता बैंकले ३०% हकप्रद सेयर बिक्री गर्नका लागि पनि असोज १ गते नै बुक क्लोज हुने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्