काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको २४ लाख ३३ हजार ३६३. ६७४२ कित्ता हकप्रद भर्ने म्याद थप भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार बैंकको सो हकप्रद अब कात्तिक २९ गतेसम्म भर्न पाइने भएको हो ।
यसअघि असोज २५ गतेदेखि आइतबार कात्तिक १४ गतेसम्म हकप्रद भर्ने म्याद तोकिएको थियो । तर, विवरणपत्रमा उल्लेखित व्यवस्था बमोजिम म्याद बढाएर कात्तिक २९ गतेसम्म पुर्याइएको क्यापिटलले जनाएको छ । यो सेयरमा भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।
हकप्रदमा एनआइबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई इक्राएनपी आइआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।