×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : तिहारका लागि सयपत्री फूलको माला उन्दै घोराहीका महिला, माटाका भाँडा बनाउन भ्याइनभ्याई…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : तिहारका लागि सयपत्री फूलको माला उन्दै घोराहीका महिला, माटाका भाँडा बनाउन भ्याइनभ्याई…!

Artha Sarokar

९ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले तिहारका लागि सयपत्री फूलको माला उन्दै गरेका घोराही–१५, भरतपुरका महिलादेखि नजिकिँदै गरेको तिहार र छठ पर्वमा माटाका सामग्री प्रयोग हुने भएकाले  कुमालहरुलाई यति बेला भाँडा बनाउन भ्याइनभ्याईसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

घोराही–१५, भरतपुरका महिला  तिहारका लागि सयपत्री फूलको माला उन्दै ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा सुकाइएका माटोबाट निर्मित देयो, घडालगायत भाँडा । । नजिकिँदै गरेको तिहार र छठ पर्वमा माटाका सामग्री प्रयोग हुने भएकाले  कुमालहरुलाई यति बेला भाँडा बनाउन भ्याइ नभ्याई भएको छ  ।

लगााारको वर्षाले धानखेतिमा क्षति पुर्याएपछि वर्षा रोकिएको मौकामा थ्रेसर प्रयोगगरी धान निकाल्दै किसान।

पुर्नवास नगरपालिकाको सिमरीका महिला पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद बीना मगरसँग बेमौसमी वर्षाले धानबालीमा पुरयाएको क्षतिबारे दुखेसो पोख्दै ।

घोराही –१७ कर्जाहीमा व्यावसायिक रुपमा पालिएका कालिज । दाङमा कालिजपालन राम्रो हुँदै गएको किसान बताउँछन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित बागेश्वरीमा सयपत्री फूल टिप्दै किसान ।

चार हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—७ स्थित मौवाटारका किसान याकलाई चरन क्षेत्रतर्फ लैजाँदै ।

कास्कीको पर्यटकीय गाउँ सिक्लेस । नेपालकै ठूलो गुरुङ गाउँका रुपमा परिचित यो गाउँ स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षक गन्तव्य हो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–७, धम्पुसमा पाक्दै गरेको कोदोबाली । पछिल्लो समय आमनागरिकको आकर्षण कोदोको ढिंडो, रोटीजस्ता परिकारमा बढदै गएको छ ।

हुम्लाबाट सुर्खेत, नेपालगञ्ज लगायतका शहरमा जान हवाई टिकट लिन टिकट काउन्टरमा लागेको यात्रुहरुको भिड । यहाँबाट नियमीत उडान नहुँदा सर्वसाधरणले टिकटका लागि सास्ति भोग्नुपरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी