×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी र चितवन प्याराडाईज होटलमा आर्कषक छुट

GLOBAL IME BANK
SHREE KESH

गरिमा विकास बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी र चितवन प्याराडाईज होटलमा आर्कषक छुट

१८ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सफल व्यवसाय विस्तार गर्दै अघि बढिरहेको ‘सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटी’ र पर्यटकिय गन्तव्य चितवनमा अवस्थित आकर्षक ‘चितवन प्याराडाईज होटल’ सँग गरिमा विकास बैंकले उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक छुटको लागि सम्झौता गरेको छ ।

बैंकद्धारा जारी विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्ताहरुले सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी र चितवन प्याराडाईज होटल को शाखाहरुबाट विल भुक्तानी गर्दा रुम र फुड एण्ड वेभरेजमा आकर्षक छुट पाउन सक्नेछन् । बैंकले आफ्ना ग्राहकहरुको थप सुविधाको लागि विभिन्न हस्पिटालिटी सेक्टर, हेल्थ सेक्टर र अन्य सेक्टरहरुसँग छुट सम्बन्धि सम्झौता गर्दै आईरहेको र यसलाई भविष्यमा पनि प्राथमिकताको साथ निरन्तरता दिने कुरा जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: