×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घोडीघोडा लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा शनिबार हुँदै, यस्ता छन् पेस गरिने एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

घोडीघोडा लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा शनिबार हुँदै, यस्ता छन् पेस गरिने एजेन्डा

Artha Sarokar

१५ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारणसभा भोलि असोज १६ गते शनिबार हुने भएको छ । उक्त सभाले कम्पनीको युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पारित गर्ने भएको छ । सभामा घोडीघोडाको १०० कित्ता सेयर बराबर युनिक नेपालको ५० कित्ता सेयर अनुपातमा मर्जर हुने प्रस्ताव पेश हुनेछ ।
यता घोडीघोडा र युनिक नेपाल एक आपसमा मर्ज हुने भएपछि २०७७ कात्तिक २३ गतेदेखि घोडीघोडाको सेयर कारोबार रोक्का गरिएको छ । घोडीघोडा लघुवित्त नेप्सेमा सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्तले हालसम्म सर्वसाधारणमा सेयर जारी गरेको छैन । अब एकीकृत कारोबारपछि घोडीघोडा लघुवित्तको नामबाट सेयर कारोबार खुला हुनेछ । यी दुई कम्पनीहरुबीच २०७७ कात्तिक २१ गते मर्ज सम्बन्धी सहमतिमा हस्ताक्षर भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी