काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई बोनस सेयर दिने भएको छ । कम्पनीको मंगरबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई २८ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
बोनसमा लाग्ने कर रकम भने सेयरधनी आफैंले जोहो गर्नुपर्ने भएको छ । प्रस्तावित उक्त लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरुले पाउने कम्पनीले जनाएको छ ।