×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा ६ जना, अध्यक्षमा चण्डी प्रसाद घिमिरे

GLOBAL IME BANK
SHREE KESH

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा ६ जना, अध्यक्षमा चण्डी प्रसाद घिमिरे

१८ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा ६ जनाको सञ्चालक समिति चयन भएको छ । भदौ ५ गते सम्पन्न संस्थाको वार्षिकसाधारण सभाले सञ्चालक समितिमा अध्यक्षसहित ६ जनालाई चयन गरेको हो । जसमा चण्डी प्रसाद घिमिरेले अध्यक्षको कार्यभार सम्हाल्ने छन् ।
नेपाल सरकार अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा आएका घिमिरे संस्थापक समूहको तर्फबाट अध्यक्ष पदमा चयन भएका हुन् । यस्तै सुदिप फुयाल, लेखनाथ भुषाल र शिवहरी दंगाल पनि संस्थापक समूहबाट सञ्चालकमा नियुक्त भएका छन् । जसमध्ये फुयालले नेपाल राष्ट्र बैंक, भुषालले नेपाल बैंक र दंगालले फ्यूचर स्टार डिजाइन एण्ड डेभलपर्स प्रा. ली.का तर्फबाट प्रतिनिधत्व गरिरहेका छन् ।
यता सर्वसाधारण समूहको तर्फबाट भरतराज कोइराला र मनोज कुमार खड्का संस्थाको सञ्चालकमा चयन भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: