×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुल्न थाले अवरुद्ध ग्रामीण सडक, गाउँबस्तीमा गाडी पुग्न सहज

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

खुल्न थाले अवरुद्ध ग्रामीण सडक, गाउँबस्तीमा गाडी पुग्न सहज

Artha Sarokar

२४ आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बलेवा । असार १ गतेको वर्षाले नै बागलुङका सबै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भए । त्यसयता पटक–पटक पहिरो पन्छाउँदै केही दिन सडक खुलेका भए पनि लामो समय चल्न सकेनन् । स्थानीय तहले आफ्नै साधन र भाडामा डोजर स्काभेटर लिएर सडक खुलाउने प्रयास गर्दासमेत पटक-पटक अवरुद्ध हुँदै आएका स्थानीय सडक दशैँको छेकोमा भने खुल्न थालेका छन् । वर्षाका कारण बाढीपहिराले अवरुद्ध बागलुङ जिल्लाका ग्रामीण क्षेत्रका सडक खुलाउन थालिएको हो ।

वर्षाका कारण अवरुद्ध बनेका ग्रामीण सडक दशैँ, तिहारजस्ता चाडपर्व नजिकिएसँगै पालिकाले खुलाउन थालेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । सबै वडामा पुग्ने सडक अहिले सञ्चालनमा आउन थालेका छन् । जिल्लाको निसीखोला गाउँपालिकाले चाडपर्व मनाउन गाउँ आउने नागरिकलाई सहज बनाउने उद्देश्यले अवरुद्ध सडक खुलाउन थालिएको हो । अवरुद्ध सडक खुलाउने काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वलाल शाक्यले बताउनुभयो ।

ढोरपाटन नगरपालिकाले पनि सबै ग्रामीण सडक सञ्चालन गर्न थालेको छ । अब केही दिनमै गाउँगाउँमा पुगेका सडक खुल्ने नगर प्रमुख देवकुमार नेपालीले जानकारी दिनुभयो । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले चाडबाडलाई लक्षित गरी सडक खुलाउने काम भइरहेको जानकारी दिनुभयो । अवरुद्ध भएका ग्रामीण सडकसँगै मध्यपहाडी लोकमार्गमा पनि कुनै समस्या नभएको उहाँको भनाइ छ । गाउँ आउने यात्रुलाई सहज हुने गरी सडक खुलाइएको उहाँको भनाइ छ । जिल्लाको ताराखोला गाउँपालिकाले पनि बाढीपहिरोका कारण अवरुद्ध बनेको सडक खुलाउन थालेको छ ।

गाउँपालिकामा पर्ने शहीद मार्गसहित पालिकाभित्र पर्ने सबै सडकमा गाडी गुड्ने गरी काम गरिरहेको अध्यक्ष प्रकाश घर्तीमगरले बताए । गलकोट नगरपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि चाडबाड नजिकिएसँगै ग्रामीण सडक खुलाउन थालेका छन् । मध्यपहाडी लोकमार्गमा समस्या रहेका क्षेत्रमा मर्मत थालिएको छ । अवरुद्ध रहेको कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड सञ्चालनमा आएको छ । ‘‘दसैँमा घर जानेबेला बल्ल बाटो खुल्यो,’’ जैमिनी नगरपालिका– ७ का शिक्षक राजेन्द्र शर्माले भन्नुभयोे, ‘‘करिडोर चलेपछि जेठयता पहिलो पटक घर जाँदै छु ।’’ ग्रामीण सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका थिए । वर्षा केही कम हुन थालेकाले अब ठूलो समस्या नआउने जैमिनी नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेलले बताउनुभयो ।- रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी