काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले बुधबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले लाललाई आजदेखि लागु हुने गरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । व्यवस्थापनमा स्नातकोत्तर गरेका लालसँग एलआइसी नेपालमा विभिन्न तहमा रहेर १८ वर्ष काम गरेको अनुभव रहेको छ ।
लाल एलआइसी नेपालमा फाइनान्स हेड थिए । यसअघि गुराँस लाइफमा नारायण कुमार भट्टराईले प्रमुख कार्यकारीको पद सम्हाल्दै आएका थिए । भट्टराईको कार्यकाल बाँकी हुँदै गर्दा प्रमुख कार्यकारी अधिकृत सहित उच्च व्यवस्थापनका लागि विज्ञापन आह्वान गरेको थियो । कम्पनीको दाबाब पछि भट्टराईले कार्यकाल दुई महिना बाँकी हुँदै राजिनामा दिएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्