×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाथवे इन्भेष्टमेन्टको सञ्चालकबाट बाहिरिए अम्बिकाप्रसाद पौडेल र हेमराज ढकाल, आइपीओ जारी गर्ने निर्णय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

हाथवे इन्भेष्टमेन्टको सञ्चालकबाट बाहिरिए अम्बिकाप्रसाद पौडेल र हेमराज ढकाल, आइपीओ जारी गर्ने निर्णय

Artha Sarokar

१५ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हाथवे इन्भेष्टमेन्टको सञ्चालकबाट अम्बिकाप्रसाद पौडेल र  हेमराज ढकालले बाहिरिने निर्णय गरेका छन्  । कम्पनीको शुक्रबार भएको साधारणसभाबाट पौडेल र ढकालले बाहिरिने निर्णय गरेका हुन् ।
पौडेल कम्पनीको प्रवन्ध निर्देशकको जिम्मेवारीबाट भने २ वर्ष अघि नै बहिरिएका थिए  । ढकाल र पौडेलसँगै हाथवे इन्भेष्टमेन्टको सञ्चालकबाट उत्तमकुमार नेपालपनि बाहिरिएका छन् । यता आजको साधारणसभाले योगेश्वर शर्मा ढकाल, कुमार पौडेल, अम्बिका शर्मा लामिछाने, सुरज श्रेष्ठ र जयराम नेपाललाई सञ्चालकमा चयन गरेको छ ।
अम्बिका शर्मा लामिछाने र सुरज श्रेष्ठमात्र हाथवेमा अहिले सञ्चालक थिए । बाँकी सञ्चालक नयाँ हुन् । कम्पनीले चुक्ता पूँजी १ अर्ब १५ करोड पुर्याउने निर्णयसँगै सर्वसाधारणलाई सेयर जारी गर्ने निर्णय गरेको छ । हाथवे इन्भेष्मेन्टले १२.५ प्रतिशतले हुने सेयर जारी गर्ने निर्णय गरेको छ भने गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी