×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालनमा, नागरिकलाई आवतजावत गर्न सहज

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालनमा, नागरिकलाई आवतजावत गर्न सहज

Artha Sarokar

१० कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

डोटी । बाढीपहिराले अवरुद्ध यहाँको केआईसिंह राजमार्ग सञ्चालन भएसँगै नागरिकलाई सहज भएको छ । बाढीपहिराले राजमार्ग बगाएपछि आवतजावत सातादेखि बन्द थियो । सडक डिभिजन कार्यालय, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले उक्त राजमार्ग सञ्चालन गरिएपछि सहज भएको हो ।

राजमार्ग सञ्चालनसँगै यहाँका पहाडी जिल्ला डोटी, अछाम र बाजुरामा यातायातका साधन सञ्चालन भइरहेका प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिनुभयो । अविरल वर्षाका कारण पहिरो जाँदा उक्त राजमार्गको रडुवामा कम्तीमा पनि एक सय मिटर सडक अवरुद्ध थियो ।

अवरुद्ध सडक मर्मत गरिएपछि राजमार्ग अस्थायी रुपमा सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दीपायल कुल्पातेले जनाएको छ । सडक सञ्चालन गरिएपछि साना गाडी तथा डिजेल पेट्रोल बोकेका सवारी साधनलाई पहिलो प्राथमिक्ता दिएर यात्रा गर्न दिइएको छ । राजमार्ग अवरुद्ध हुँदा सर्वसाधारण तथा यात्रु पैदल कष्टकर यात्रा गर्न बाध्य भएका थिए । -रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी