हुम्ला । हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेको नमस्ते टेलिफोन सेवाले एक महिनादेखि काम गर्न छाडेको छ । नेपालीहरुको महान् पर्व दसैँ र तिहारको मुखमा टेलिफोन सेवाले काम नगर्दा सेवाग्राही सञ्चार सेवा उपभोग गर्नबाट बञ्चित हनाका साथै दसैँको शुभकामना आदानप्रदान गर्नसमेत नपाएको गुनासो गर्न थालेका छन् ।
एक महिनादेखि टेलिफोनको टावरले काम नगर्दा सिमकोट गाउँपालिका–१ देखि ३ र खार्पुनाथ गाउँपालिका–५ को ताक्ला, बाम्टा र कुम्लिक गाउँका सेवाग्राहीमा सञ्चार आदान–प्रदानमा प्रतक्ष असर परेको छ । गत भदौ महिनाको २२ गतेदेखि हेल्दुङ साना जलविद्युत् आयोजनाबाट वितरीत विद्युत सेवा अवरुद्ध भएकाले वडा नं ३ बरगाउँमा रहेको नमस्तेको टावरले काम गर्न छाडेको स्थानीयवासी हेमन्त बोहराले बताए । लगतार एक महिनादेखि टेलिफोनले काम गर्न छाडेकाले दुईवटा गाउँपालिकाका हजारौँ सेवाग्राही सञ्चारको मारमा पर्दै आएको उनको गुनासो थियो । दसैँको मुखमा एकअर्कालाई शुभकामना आदानप्रदान गर्नसमेत नसकिएको बोहराले बताए ।
बरगाउँमा रहेको टावरमा विद्युत जोडिएका कारण विद्युत आएमा टावर आउने नत्र काम नगर्ने स्थानीयवासीको भनाइ थियो। उनीहरूले सो टावरमा विद्युत जडानको भर गर्नुभन्दा सौर्य उर्जा जोडेर टावर सञ्चालनमा ल्याउन सरोकार निकायलाई अनुरोधसमेत गरेका छन् । उक्त नेटवर्कको क्षमता बढाउन र निरन्तर सञ्चालनका लागि टेलिकम कार्यालय लागिपरको टेलिकम स्रोतले जनाएको छ । हाल जिल्लामा सेवाग्राही सञ्चार क्षेत्रबाट बञ्चित नहुन् भन्दै जेनेरेटर चलाएर पनि केही सेवा उपलब्ध गराउँदै आइएको टेलिकमले जानाएको छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्