×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चाडपर्वमा बढ्यो हुन्डी कारोबार, स्रोत नखुलेको १० लाख रकमसहित २ जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

चाडपर्वमा बढ्यो हुन्डी कारोबार, स्रोत नखुलेको १० लाख रकमसहित २ जना पक्राउ

Artha Sarokar

२४ आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

महोत्तरी । स्रोत नखुलेको १० लाखभन्दा बढी रहकसहित दुई जना पक्राउ परेका छन् । महोत्तरी प्रहरीले सदरमुकाम जलेश्वर नगरपालिका ८ बज्राहीस्थित भित्री सडकखण्डमा नम्बर नलेखिएको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बोकेका उनीहरुलाई पक्राउ गरेको हो ।
महोत्तरीको मनरा सिस्वा नगरपालिका-५ कटैया बस्ने ३४ वर्षीय दीपेन्द्रकुमार साह र भंगहा नगरपालिका-७ बस्ने १८ वर्षीया बिन्दा कुमारी साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले झोलाभित्र पाँच लाख, मोटरसाइकलको सिटमुनिमा २ लाख, मोटरसाइकलको एयर फिल्टरको पल्लाभित्र तीन लाख र आफ्नो खल्तीमा चार हजार चार सय गरी १० लाख चार हजार चार सय रकम लुकाएर ल्याएका थिए  ।
पक्राउ परेका २ जनामाथि आवश्यक कारवाहीका लागि जलेश्वर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी