झापा । जिल्लाका चार पालिकाका एक हजार ६६५ परिवारलाई विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत रु दुई करोड २५ लाख रकम आएको छ । सो रकम नेपाल रेडक्रस सोसाइटी झापा शाखाले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गर्न सुरुआत गरेको छ ।
डब्लुएफपीमार्फत आएको रकम गौरीगञ्ज गाउँपालिका– १, २ का ३६८ , झापाको वडा नं १, २, ३, ६ का ६७२ , कनकाई नगरपालिका–४ का १८६ र शिवसताक्षी नगरपालिकाको २,४,५, ६,८,९ र १० का ४३९ परिवारलाई नगद सहायता रकम वितरण गरिरहेको नेरेसो जिल्लाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार विगत वर्षमा कनकाइ नदीको तटीय क्षेत्रमा बसोबास गर्ने विपद्को उच्च जोखिममा रहेका परिवारको ‘सर्भे’ गरी तथ्याङ्क सङ्कलन गरिएको आधारमा हाल प्रति परिवार रु १३ हजार ५०० का दरले रकम वितरण भइरहेको छ ।
सर्भेमा सम्भाव्य विपद्को उच्च जोखिममा रहेको परिवार वा विपद् सङ्कटबाट प्रभावित भई दैनिक जीविकोपार्जनमा कठिनाइ भएको, सरकारी वा सार्वजनिक संस्थाबाट तलब पेन्सन नलिएका, असहाय तथा आफ्नो हेरचाह आफैं गर्न नसक्ने अवस्थाका व्यक्ति वा परिवारको विवरण सङ्कलन गरिएको थियो ।
सोही आधारमा डब्लुएफपीले पठाइदिएको रकम विरणमा सहजीकरण मात्र नेरेसोले गरेको सभापति ढकालको भनाइ छ । सो रकम तत्काल आएको बाढीले क्षति पु¥्याएका बासिन्दा वा धानखेतीको क्षतिपूर्ति भने नभएको उहाँले प्रस्ट पार्नुभएको छ । रेडक्रसले बमौसमी वर्षाका कारण हाल डुबानमा परेका र विस्थापित भएका परिवारलाई राहतस्वरुप भाँडाकुडा, त्रिपाल, कम्बल, लत्ताकपडासमेत वितरण गरिरहेको उहाँले बताउनुभयो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्