झापा । गौरीगञ्ज गाउँपालिका-२ भाकुरमाडी बस्तीमा पसेको पानी र हिलो अझै सुकेको छैन । धानका कुन्यू मिलाएजस्तै लहरै माटो र ढुङ्गाले जस्तापाता च्यापेर बनाएको घरको आँगनदेखि ओछ्यानसम्मै छिपछिप्पे हिलो र पानी छ । तर, त्यहाँका बासिन्दालाई घरभन्दा पनि पाँक्न लागेको धानखेतमा खोलो कुँदेपछि अब के खाएर बाँच्ने भन्ने चिन्ता छ । बस्तीका ६५ वर्षीया तालु ताजपुरिया घरदेखि दुईसय मिटरमा रहेको खोला पारितिर देखाउँदै भन्नुहुन्छ, “ऊ त्यहाँ मेरो खेतमा धान पहेँलपुर थियो । दसैँ सकिएपछि काटौला भन्दाभन्दै खोलाले सबै लगिदियो । अब के खाएर बाँच्नु ।” उहाँको चार बिघा जमिनमा धान खेती थियो । कनकाई नदी र किस्ने खोलाको बीचमा रहेको भाकुरमाडीमा ४३ घर परिवार ताजपुरिया जातिको बसोबास छ । खोला किनारमा खेती र गाईवस्तु पालेर जीविकोपार्जन गर्ने उनीहरुलाई आज कन्काई खोलाको बाढीले विस्थापित बनाएको भन्दा पनि पाँकेको धान खोलाले बगाएपछि आत्तिएका छन् ।
सोही बस्तीकी ४८ वर्षीया आनन्दी ताजपुरियाको तीन बिघा जमिनमा लगाएको धानखेतमा खोला कुदिरहेको छ । बस्तीको पारिपट्टी अर्थात् भारतको विहार प्रान्तको कञ्चपुरसँग सीमा जोडिएको स्थानमा उनीहरुले धान खेती गर्दै आएका थिए । प्रत्येक परिवारको १० कट्ठादेखि पाँच बिघासम्म खेती थियो । करिब १५० बिघामा लगाएको धान खेतमा कन्काई खोला बगिरहेको छ । उनीहरुले बासमती, भाले शर्ना, गरिमा जातका धानखेती गरेका थिए । वडा नम्बर १ स्थित रङ्गियाथान बस्तीका ६८ वर्षीय सत्यनारायण राजवंशीले कात्तिक महिनामा यत्रो ठूलो खोलामा बाढी आएको पहिलोपटक भएको बताउनुभयो । “यति ठूलो बाढी त असार साउनमा पनि आएको थाहा छैन”, उहाँले भन्नुभयो, “बेला न कुबेलाको बाढीले किसानको धान खेत सबै लग्यो अब भोकभोकै मर्ने भयौं ।”
बेमौसमी वर्षाका कारण जिल्लाका अन्य पालिकामा भन्दा बाढीले विस्थापित हुने गौरीगञ्ज गाउँपालिकामै छन् भने धानखेत पूर्ण रुपमा गुमाउने पनि यही रहेको पालिकाका अध्यक्ष बाबुराज श्रेष्ठले बताउनुभयो । उहाँले सयौँ किसानको पाक्न लागेको धान मात्र होइन जमिनमाथि नै खोला कुँदिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर २ भाकुरमाडीका किसानको १५० बिघा, वडा नम्बर १ स्थित धानगाढाका किसानको १०० बिघा, होक्लाबाडीको ६० विगाह, विर्खेबस्तीको ६० बिघा, रङ्गियाथानको १०० बिघा, बालुवाडी भन्सार चोकको ५० बिघा गरी करिब ५२० बिघाभन्दा बढी जमिनको धान खोलाले बगाएको बताउनुभयो ।
उहाँले प्राकृतिक प्रकोपको कारण पालिकाले ठूलो क्षति बेहोर्नुपरेको जानकारी दिँदै भन्नुभयो, “यहाँ भोकमरी लाग्ने अवस्था आयो अब । स्थानीय पालिकाले मात्र सबै क्षतिपूर्ति दिलाउन सक्दैन । तीनै तहको सरकार मिलेर उनीहरुलाई क्षतिपूर्ति दिलाउनुको विकल्प छैन ।” उहाँले पालिकाको विपद् कोषमा रु ५० लाख रहेको जानकारी दिनुभयो तर यस्तो विपद्को भयाबह अवस्थामा यतिले मात्र नपुग्ने हुँदा तीनै तहको सरकारको दात्यिव उत्तिकै हुने उहाँको भनाइ छ । कृषि ज्ञान केन्द्र झापाले सोही क्षेत्रको स्थलगत अवलोकन बुधबारै गरिसकेको छ । केन्द्रका प्रमुख निलकमल सिंहले क्षतिको विवरण कृषि मन्त्रालयमा पठाएर क्षतिपूर्तिका लागि पहल गर्ने उनीहरुलाई आश्वसन दिनुभएको छ । उहाँले जिल्लाका अन्य स्थानमा पानीले धान ढाल्ने र डुबाउने गरे पनि गौरीगञ्जका केही वडामा पूर्णरुपमा धानखेतीमा खोलाले क्षति पु¥याएको बताउनुभयो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्