×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कात्तिके झरीले किसानको बिजोग : ७ अर्ब २२ करोडको धानबाली क्षति, लुम्बिनी प्रदेशमा मात्रै साढे ४ अर्ब

काठमाडौँ । बेमौसमी बाढी तथा पहिरोले ७ अर्ब २२ अर्ब रुपैयाँ बढिको धानबाली नष्ट भएको छ । लुम्बिनी, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ मा सो मूल्य बराबरको क्षति भएको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए ।
उनका अनुसार लुम्बिनी प्रदेशमा मात्रै ४ अर्ब ५१ करोड भन्दा बढीको धानबाली नोक्सान भएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा १ अर्ब ९१ करोड रुपैयाँको धानबाली नष्ट भएको छ भने प्रदेश नं १ मा पनि ८० करोड रुपैयाँको धानबालीमा क्षति पुगेको छ । लुम्बिनीका बर्दिया कपिलवस्तु, बाँके, र रुपन्देही धेरै प्रभावित भएका छन् भने ४२ हजार ४२७ हेक्टर क्षेत्रफलमा लगाइएको १ लाख २१ हजार २२३ मेट्रिक टन धानमा क्षति पुगेको हो ।
यता सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा बेमौसमी वर्षाका कारण सबैभन्दा बढी असर पुगेको छ । यस क्षेत्रमा ६८ हजार ४०० मेट्रिकटन धान बाली क्षति हँदा १ अर्ब ९१ करोड रुपैयाँको धानबाली नष्ट भएको छ । प्रदेशको ५५ हजार हेक्टर जमिनमा लगाइएको धानमा असर परेको पुगेकोमा १८ हजार हेक्टर जमिनमा लगाइएको धानमा क्षति पुगेको हो ।
मन्त्रालयका अनुसार प्रदेश नं १ मा झापा, सुनसरी र मोरङमा धेरै क्षति पुगेको छ । यो प्रदेशमा २८ हजार ४६९ मेट्रिकटन धान बाली क्षति हँदा ८० करोड रुपैयाँको धानबाली नष्ट भएको छ । प्रदेशको ४९ हजार ९४५ हेक्टर जमिनमा लगाइएको धानमा असर परेको पुगेकोमध्ये ७ हजार ४९२ हजार हेक्टर जमिनमा लगाइएको धानमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: