दाङ । दुई लाख बढी रुपैयाँसहित १२ जुवाडे पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ९ दुबीचौरका स्थानीय श्यामलाल चौधरीको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले शनिबार बिहान एक बजे दुई लाख सात हजार बढी रकमसहित १२ जनालाई पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका हुन् ।
चौधरीको घरमा अवैध रूपमा जुवा भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी नायब निरीक्षक प्रदीप खनालको कमाण्डमा पुगेको दश जनाको प्रहरी टोलीले शनिबार मध्यरातमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्