×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ज्योति विकास बैंकको १ लाख ८१ हजार ४७० कित्ता र मञ्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक र मञ्जुश्री फाइनान्सको संस्थापक समूहको सेयर बिक्रीमा आएको छ । दुवै कम्पनीको आज बिहीबारदेखि संस्थापक समूहको सेयर बिक्रीमा आएको हो । जसमा ज्योतिको १ लाख ८१ हजार ४७० कित्ता र मञ्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता सेयर रहेको छ ।
लगानीकर्ताले ज्योतिको सेयरमा न्यूनतम १५० रुपैयाँ र मञ्जुश्रीको सेयरमा २५० रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १००० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि कात्तिक १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटमा बुझाउन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: