Skip to content
LAXMI SUNRISE BANK

स्रोत नखुलेको झण्डै २३ लाख नगदसहित कपिलवस्तुबाट एक जना पक्राउ

अर्थ सरोकार

कपिलवस्तु । स्रोत नखुलेको झण्डै २३ लाख नगदसहित एक जना पक्राउ परेका छन्  । कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ बसपार्कबाट स्रोत नखुलेको २२ लाख ९१ हजार ८०० रूपैयाँसहित बुद्धभूमि नगरपालिका-९ धमौली बस्ने २२ वर्षीय जीवनप्रसाद भुसाल आइतबार दिउँसो पक्राउ परेका हुन्  ।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोला र शरीरबाट एक हजार, ५०० र १०० सय दरका नोटहरू बरामद गरेको थियो । उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीमा पठाइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK