×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२० लाखको लागतमा खानेपानी योजना सम्पन्न, खानेपानीको पहुँच पुगेपछि स्थानीयवासीमा खुसी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

२० लाखको लागतमा खानेपानी योजना सम्पन्न, खानेपानीको पहुँच पुगेपछि स्थानीयवासीमा खुसी

Artha Sarokar

१४ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिका-१ स्थित बाइराँका गाउँमा खानेपानीको पहुँच पुगेपछि स्थानीयवासीमा खुसी छाएको छ । करिब तीन दशकदेखि पानीको चरम सङ्कटमा जीवन बिताउन बाध्य भइरहेकाले खानेपानीमा सहज पहुँच पुगेपछि उनीहरु खुसी भएका हुन् । अहिले गाउँमा लिफ्ट एरिकेसनको माध्यमबाट खानेपानी पुगेपछि स्थानीयवासी हर्षित भएको सोही गाउँका जोखबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “एक सय ४० घरधुरी भएको बाइराँमा एक धारा मात्र हुँदा प्रत्येक घरलाई चार दिनको एकपटक पानी भर्ने पालो बाँडिएको थियो । त्यसमा पनि २० लिटर मात्रै पानी भर्ने नियम थियो ।” अहिले गाउँको सिरानमा २० हजार लिटरको रिजर्भ ट्याङ्की बनाइएको छ । चार धाराबाट बाइराँवासीले पर्याप्त खानेपानी पिउन पाएको स्थानीयवासी शाहीको भनाइ छ ।

‘गाउँको छेउमै तिला नदी छ तर नदीमा पिउनयोग्य पानी बग्दैन, हामीले वर्षौंसम्म त्यही नदीको दूषित पानीले प्यास मेट्यौँ’, स्थानीयवासी विमला शाहीले भन्नुभयो, ‘खानेपानी जोहो गर्नकै लागि विद्यार्थीको पढाइ प्रभावित हुने गरेको थियो । अहिले त्यो समस्या हटेको छ ।‘ उहाँका अनुसार बिहान र बेलुका विद्यार्थीलाई गाग्री बोकेर नदी पुग्नुपर्ने बाध्यता थियो । तर अहिले गाउँमा पानी पुगेपछि बालबालिकालाई सहज भएको छ । ‘पानी सार्दै विद्यालय छुट्थ्यो, आजभोलि सरसफाइ गर्नसमेत सहज भएको छ’, उहाँले भन्नुभयो । खानेपानी पाउनै धौ धौ पर्ने बाइराँकामा सिँचाइ र वस्तुभाउका लागि पानी पुग्ने कल्पना नै थिएन । लिफ्ट एरिकेसनमार्फत पानी पुगेपछि तरकारी बारीमा सिँचाइ गर्न तथा वस्तुभाउलाई पानी दिन सहज भएको छ ।

पानी बोकेरै जिन्दगी बित्ने चिन्ता बोकेका स्थानीयवासी गाउँमा पानी पुग्छ भन्ने कल्पना पनि गरेको थिएन । हाल बाइराँका गाउँका एक सय ४० घरधुरीसहित गाउँको विद्यालयले पनि खानेपानी उपभोग गर्न पाएका छन् । करिब आठ वर्षअगाडि देखि सुरु भएको सो खानेपानी आयोजना अलपत्र परेको थियो । खानेपानीकै लागि यहाँका स्थानीयवासीले रित्तो गाग्री बोकेर सदरमुकाममा समेत आन्दोलन गरेका थिए । प्रदेश सरकारको रु २० लाख बजेटमा तिला नदीबाट झण्डै एक किलोमिटरमाथि पानी तानिएको बाइराँका खानेपानी उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो वर्ष मात्रै गाउँमा खानेपानी पुर्याउन सफल भएका छौँ । अब क्रमशः घरघरमा धारा विस्तार गर्ने योजनाका साथ लागिरहेको छु ।’ -रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी