Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : भिजाएका धान सुकाउदै कञ्चनपुरका किसान, जोखिम मोलेर दाउरा निकाल्दै जुम्लाको रारा गाउँवासी

अर्थ सरोकार

काठमाडौँ । देशभर विभिन्न घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले वर्षाको पानीले भिजेर बिग्रिएको खेतमा काटेको धानलाई सुकाउँदै गरेका कञ्चनपुरको असैनाका किसानदेखि तिला नदीमा आएको बाढीले बगाएर ल्याएको दाउरा जोखिम मोलेर सङ्कलन गरिरहेका जुम्लाको रारा गाउँवासीसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

वर्षाको पानीले भिजेर बिग्रिएको खेतमा काटेको धानलाई सुकाउँदै गरेका कञ्चनपुरको असैनाका किसान । वर्षाको पानीले धानका बालामा लागेका दान कुहिएपछि किसानले नोक्सानी व्यहोर्नु परेको छ ।

तिला नदीमा आएको बाढीले बगाएर ल्याएको दाउरा जोखिम मोलेर सङ्कलन गर्दै जुम्लाको रारा गाउँवासी ।

वर्षाको पानीले भिजेर बिग्रिएको धान थ्रेसिङ गर्दै शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका किसान ।

महोत्तरीको जलेश्वरमा दीपावलीका लागि पाला खरिद गर्दै स्थानीय बासिन्दा ।

तनहुँको सदरमुकाम दमौलीस्थित अनसन चौतारीमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै स्वास्थ्य स्वयम्सेविका । कात्तिक ७ र ८ गते दुई दिन देशभर भिटामिन ए र जुकाको औषधि खुवाइनेछ ।

भक्तपुर सुर्यविनायक नगरपालिका–७ गुण्डुका महिला तिहारका लागि मखमली फूलको माला उन्दै । तिहारमा भाईटीकाका लागि मखमली फूलको माला अनिवार्य छ ।

जुम्लाको तातोपानी गाउँपालिका– ७ का स्थानीयवासी खेतमा मार्सीधान काट्दै । यहीँ कात्तिक १ गतेदेखि निरन्तर परेको भारी वर्षाले यहाँको धानबालीमा क्षति पु¥याएको छ ।

पोखराको पर्यटकीयस्थल फेवातालमा ढुङ्गामा सयर गर्दै आन्तिरक तथा बाह्य पर्यटक ।

घोराही– १७, कर्जाहीका किसान ट्रयाक्टरमा राखेर परालसहितको धान घर लैजाँदै । पछिल्लो समय यहाँका किसान ट्रयाक्टरमा लगेर घरमै धान र पराल छुट्याउने गर्छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित देवीस्थानडाँडामा पीङ खेल्न पालो कुर्दै आन्तरिक पर्यटक । यसअघि पर्यटकले चुच्चेढुङ्गामा चढेर सेल्फी खिँचेर र मनोरम दृश्यावलोकन गरे मनोरञ्जन लिन्थे भने अब व्यावसायिक रुपमा राखिइएको पिङ खेलेर पनि मनोरञ्जन लिन पाउने भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK