×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जहाजको टिकट नपाउँदा कोल्टी विमानस्थलमा यात्रु अलपत्र, मनोमानी रुपमा भाडा असुलेको गुनासो

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

जहाजको टिकट नपाउँदा कोल्टी विमानस्थलमा यात्रु अलपत्र, मनोमानी रुपमा भाडा असुलेको गुनासो

बाजुरा । जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकक नपाउदा यात्रु एक सातादेखि अलपत्र परेका छन् । बाजुरा, मुगु र हुम्लाका बासिन्दाले सेवा लिँदै आएका सेवाग्राहीले एक सातादेखि जहाजको टिकट नपाएको गुनासो गरेका छन् । कोल्टीबाट उडान हुने नेपालगञ्ज र धनगढीको टिकट नपाउदा सयौँ यात्रु कोल्टी विमानस्थलमा अलपत्र परेको स्थानीय पत्रकार धनबहादुर बोहराले बताउनुभयो ।
बाजुरासहित छिमेकी जिल्लाका वासिन्दा एक सातादेखि जहाजको पर्खाइमा रहेको र जहाजको टिकटसमेत नपाएको यात्रुले गुनासो गर्न थालेको उहाँले जानकारी दिनुभयो । कोल्टीबाट अहिले समिट र तारा एयरलाइन्सले जहाज उडान गर्दै आएका भए पनि यात्रुको चाप बढी भएकाले उनीहरुले टिकट पाउन सकेका छैनन् ।
कर्णाली राजमार्ग र मार्तडी–कोल्टी सडक अवरुद्ध बनेपछि कोल्टीमा ६०० भन्दा बढी यात्रु एक सातादेखि टिकटको पर्खाइमा रहेको हुम्लाका खुमबहादुर रावतले बताउनुभयो । समिट र तारा एयरलाइन्सले दैनिक एउटा/एउटा उडान गर्ने भए पनि यात्रुको चाप निकै बढेको छ । यात्रुको भीड व्यवस्थापन गर्न विमानस्थललाई निकै समस्या परेको छ । एक सातायता हवाई सेवा नियमितसमेत पनि हुन नसकेको कोल्टी विमानस्थलले जनाएको छ ।
यात्रुले टिकट नपाउँदा बिरामी, असहाय अशक्तसमेत अलपत्र परेका छन् । कोल्टीमा यात्रुको चाप बढी भएको र उनीहरुलाई व्यवस्थापन गर्न सकस भएको निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताउनुभयो ।
टिकटमा मनोमानी
कोल्टी विमानस्थलमा उडान हुने जहाजले मनोमानी रुपमा भाडा असुल्ने गरेको जनगुनासो बढ्न थालेको छ । कोल्टीबाट नेपालगञ्ज र धनगढीको भाडादर कायम गरिएको भए पनि सोभन्दा चर्को भाडा लिने गरेको यात्रुले गुनासो गरेको छन् ।
कोल्टीबाट नेपालगञ्ज रु पाँच हजार ५०० भाडादर कायम भए पनि निजी एयरलाइन्सले मनोमानी भाडा लिइरहेको सेवाग्राहीले बताएका छन् । एक यात्रुबाट रु आठ हजारभन्दा बढी लिने गरेको पाइएको छ । दसैँ मनाउन घर आएका फर्किन थालेका छन् । वर्षाले सडक अवरुद्ध भएपछि यात्रुले हवाई सेवाबाट यात्रा गर्नुपर्ने भएकाले कोल्टीमा यात्रुले टिकट पाउन समस्या भएको हिमाली गाउँपालिकाकी सम्झना अधिकारीले बताउनुभयो ।
कोल्टी विमानस्थलका कार्यालय प्रमुख श्रीकृष्ण रिमालका अनुसार समिट र तारा एअरले दैनिक एउटा/एउटा उडान गरिरहेको जानकारी दिनुभयो । सीता एयरलाइन्सले यही कात्तिक १ गतेबाट एउटा पनि उडान नगरेको र नेपाल एयरलाइन्सले १ गतेदेखि अहिलेसम्म तीन उडान मात्र गरेको रिमालले बताउनुभयो । विगतभन्दा एयरलाइन्सले उडान घटाउनुले ठूलो समस्या भएको विमानस्थलले जनाएको छ ।
दसैँयता यात्रुको चाप बढे पनि नियमित जहाज उड्न नसकेको बडीमालिका कार्गोका सञ्चालक टेकेन्द्र कठायतले जानकारी दिनुभयो । कोल्टी विमानस्थलबाट उडान हुने जहाजले यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिएको पाइए कारबाही गरिने निमित्त प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: