×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक लिमिटेडद्धारा २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, इच्छुक संस्थापकले ३५ दिन भित्र आवेदन दिईसक्नुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंक लिमिटेडद्धारा २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, इच्छुक संस्थापकले ३५ दिन भित्र आवेदन दिईसक्नुपर्ने

Artha Sarokar

१० कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकले एक सूचना सनर्वजनिक गर्दै सेयर बिक्री गर्न लागेको जनाएको हो । उक्त सेयरको मूल्य भने खुलाइएको छैन ।

सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ । इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा कुमारीको मुख्य कार्यालय टंगाल काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ । तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला हुने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी