×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक, हितग्राहीखाताको पहुँच वृद्धि हुने विश्वास

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक, हितग्राहीखाताको पहुँच वृद्धि हुने विश्वास

Artha Sarokar

१५ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक गरेको छ । पूँजी बजारभन्दा बाहिर रहेका नयाँ लगानीकर्ताहरुलाई हितग्राहीखाताको पहुँच वृद्धि हुने विश्वासका साथ यस योजना ल्याइएको हो । साथै डिम्याट खाता सम्बन्धि समस्याहरुबाट गुज्रिरहेका खातावालाहरुलाई समेत यो योजनाले लाभान्वित हुने अपेक्षा क्यापिटलले गरेको छ । साथै क्यापिटलले उत्सबलाई महाउत्सव बनाउनका लागि ग्राहकवर्गहरुमा विभिन्न योजनाहरु लागु समेत गरेको छ । जसमध्येका योजनाहरु यस प्रकार रहेका छन् ।

  •  नेपाल सरकारको ‘एक नेपाली एक डिम्याट खाता’ अभियान अन्तर्गत निशुल्क हितग्राहीखाता खोल्न सकिनेछ । खाता खोल्नका लागि online मार्फत (http://online.kumaricapital.com:8010) निबेदन दिन सकिनेछ तथा कुमारी बैंक लिमिटेड का सम्पुर्ण शाखा कार्यालयहरु र कुमारी क्यापिटल लिमिटेड बाट खाता खोल्न सकिने ।
  •  निशुल्क लगानी परामर्श ।
  •  खाता खोल्ने ग्राहकवर्गलाई पोर्टफोलियो म्यानेजमेन्ट सेवामा बार्षिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने ।
  • आफु सँग भएको पोर्टफोलियो लाई निशुल्क Restructuring र Rebalancing  सेवा प्रदान गरिने ।
  •  आफु सँग भएको भौतिक शेयरहरु लाई तुरुन्त डिम्याट खातामा ल्याउने व्यवस्था गरिने ।
  •  खाता सम्बन्धि समस्याहरु परेमा ग्राहकहरुले हाम्रो हट लाईन (०१ ५९७००८२) मा फोन गरि समस्याको यथासिघ्र निराकरण गरिने ।

कुमारी क्यापिटलमा डिम्याट खाता खोली आफुसँग भएको सानो सानो पूँजीलाई लगानी गरी पूँजी निर्माण (Capital formation) गर्ने बानी बसाली भोलिको गर्जो टार्न सक्ने पथमा अग्रसर हुनको लागि क्यापिटलले सबैमा अपिल समेत गरेको छ । आजको सानो लगानी भोलिको सुनौलो बिहानी बन्ने भन्दै क्यापिटलले ल्याएका योजनाको समयमा नै फाइदा उठाउन समेत अनुरोध गरेको छ । यस योजना सिमित अवधिको लागि मात्र रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी