×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लघुवित्त बैंकर्स संघमा सर्वसम्मत नयाँ नेतृत्व चयन, लक्ष्मी लघुवित्तका सीइओ प्रकाशराज शर्मा बने अध्यक्ष

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल लघुवित्त बैंकर्स संघमा सर्वसम्मत नयाँ नेतृत्व चयन, लक्ष्मी लघुवित्तका सीइओ प्रकाशराज शर्मा बने अध्यक्ष

Artha Sarokar

६ कार्तिक २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा प्रकाशराज शर्मा निर्विरोध चयन भएका छन् । संघको शुक्रबार सम्पन्न १५औं वार्षिक साधारणसभाले लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका शर्माको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
सभाबाट उपाध्यक्षमा मिन बहादुर बोहरा, महसचिवमा राम बहादुर यादव, कोषाध्यक्षमा प्रेम बहादुर पाठक र सचिवमा केशव कुमार पौडेल चयन भएका छन् । यस्तै सदस्यहरुमा बिमला योगी, बिनोद आचार्य, बद्रि प्रसाद दुलाल, प्रविण कुमार लामा र गंगाधर पाण्डे चयन भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी