×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले ल्यायो नयाँ सुविधा, खाना खाजामा ५० प्रतिशतसम्मको छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले ल्यायो नयाँ सुविधा, खाना खाजामा ५० प्रतिशतसम्मको छुट

Artha Sarokar

१८ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले खाना खाजा मगाउदा ५० प्रतिशत सम्म छुट दिने भएको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघर/कार्यालयमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फूड्सले हाइजेनिक किचेनको अबधारणालाई अघी सारेर फुड डेलीभरी गर्न लागेको हो । चाडबाड बिशेष अफरमा लस्कर फुडसले ५० प्रतिशत छुट दिन लागेको हो । आज देखी ल्याइएको छुट आगामी अशोज २५ गते सम्म चल्ने लस्कर फुड्सका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताएका छन् ।

लस्कर फुड्सले आफ्नो किचेन बन्द गर्दा हुन्छ लस्कर फुड्सबाट मगाउँदा हुन्छ भन्ने मुल नारा लिई अघि बढेको ओस्तीले बताए । नेपालीको महान चाडबाडलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुड्सले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए । लस्कर फुडसले यस अफरसँगै, अरु बिभिन्न अफर समेत ल्याएको छ । गत हप्ता लस्कर फुडसले अन्लाइन फुड प्रतियोगिता समेतको आयोजना गरेको थियो । लस्कर फुड्सको प्रमुख आकर्शननै गुणस्तरीय खानेकुरा अनलाइन मार्फत घरघर अफिसमै उपलब्ध गराउने लक्ष्य रहेको छ । तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नुनै लस्कर फुड्सको प्रमुख उद्देश्य हो ।

काठमाडौं उपत्यकाबासी व्यस्त हुने र अनलाइन इ-कर्मस, फुड डेलिभरीप्रति आम नागरिकहरुको आकर्षण बढ्दै गएपछी लस्कर फुडसले ५० प्रतिशतको अफर अघि सारेको हो । बजारमा दर्जनौं फुड डेलिभरी प्लेटफर्म रहे पनि लस्कर फुड्स तिनीहरुभन्दा भिन्न रहेको लस्कर फुडसका प्रमुख कार्यकरी अधिकृत ओस्तीको दाबी छ । प्रभु-पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने ब्यबस्था रहेको छ । ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधैं फोन गरेर ०११-४७००५५४/४७००५५३ वा लस्कर फुडस अनुप्रयोग (एप) बाट आफूलाई मन पर्ने खाना खाजा मगाउन सकिने प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी