×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्य भोटेकोशी जलविद्युतको ९० लाख कित्ता आइपिओमा आवेदन दिने सोमबार अन्तिम दिन, तपाईं छुट्नु त भएन ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

मध्य भोटेकोशी जलविद्युतको ९० लाख कित्ता आइपिओमा आवेदन दिने सोमबार अन्तिम दिन, तपाईं छुट्नु त भएन ?

काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको ९० लाख कित्ता आइपिओमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले गत बुधबारबाट कूल रु ९० करोड बराबरको रु एक सय अङ्कित मूल्यमा ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।
निष्कासन गरिने कूल ९० लाख कित्ता सेयरमध्ये चार प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको र पाँच प्रतिशत अर्थात् चार लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहने ८१ लाख ९० हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई निष्कासन गरिने कम्पनीले जनाएको छ ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा कूल १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अनुमानित लागत करिब रु १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार र प्रतिमेगावाट अनुमानित लागत १६ करोड ६४ लाख चार हजार १०१ हुने कम्पनीले सार्वजनिक गरेको विवरणपत्रमा उल्लेख गरिएको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सह-निष्कासन तथा बिक्री प्रबन्धकहरु एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिविआइएल क्यापिटल रहेका छन् । आवेदकले सी–आस्वा प्रणालीबाट आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामार्फत तथा अनलाइनबाट ‘मेरो सेयर’मार्फत शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: