×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा सम्पन्न, ७ सदस्यीय नयाँ सञ्चालक समिति छनोट

GLOBAL IME BANK
SHREE KESH

मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा सम्पन्न, ७ सदस्यीय नयाँ सञ्चालक समिति छनोट

२४ आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा कृष्ण काजी मानन्धर नेतृत्वको ७ सदस्यीय नयाँ सञ्चालक समिति छनोट गरिएको छ । शनिबार सम्पन्न भएको संस्थाको १४औं वार्षिक साधारणसभामार्फत उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठ, सचिव अनिल श्रेष्ठ, कोषाध्यक्ष प्रेमसुन्दर श्रेष्ठ निर्विरोध भएका हुन् । त्यस्तै सदस्यहरूमा क्रमशः डा.उज्ज्वल जोशी, रमेश थुसा श्रेष्ठ र तुलसीराम श्रेष्ठ छानिएका छन् ।  तीन सदस्यीय लेखा सुपरिवेक्षण समितिमा संयोजक सुन्दर श्रेष्ठ र सदस्यहरूमा राजकुमार नापित तथा कृष्णसुन्दर प्रजापति छानिएका छन् । संस्थाको विनियम बमोजिम ऋण उपसमिति र शिक्षा उपसमितिमा समेत निर्वाचन गरिएको थियो ।

ऋण उपसमितिमा संयोजक प्रेमसुन्दर श्रेष्ठ, सदस्य तुलसीराम श्रेष्ठ र सुरेश बज्राचार्य निर्वाचित भएका छन् । त्यस्तै शिक्षा उपसमितिमा संयोजक डा.उज्ज्वल जोशी र सदस्यहरूमा क्रमशः नरेन्द्र श्रेष्ठ र कृष्ण सुन्दर प्रजापति छानिएका छन् । संस्थाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक साधारणसभाको उद्घाटन सत्र गत हप्ता अर्थात असोज १६ गते शनिबारै सम्पन्न गरेको थियो । नियामक निकायले निर्देश गरेबमोजिम यो वर्ष सीमित सदस्यहरूको उपस्थितिमा कार्यक्रम गर्नुपर्ने बाध्यतालाई मध्यनगर गरि सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमिति तथा व्यवस्थापन समितिका सदस्यहरुको भौतिक उपस्थिति र अन्य सदस्यहरूको अनलाइन उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाको सभाहलमा जुम सफ्टवेयरमार्फत सम्पन्न भएको कार्यक्रमको प्रत्यक्ष प्रशारण संस्थाको फेसबुक पेजमार्फत गरेको थियो । संस्थामा एक हजार ३ सय २८ जना सेयर सदस्यहरू छन् जसमा महिला ५१२ र पुरूषहरूको संख्या ८१६ हो । सहकारी संस्थाको चालू आवमा जम्मा दायित्व १५ करोड ७१ लाख ९१ हजार ९९३ रूपियाँ पुगेको छ । यसअघि साधारणसभाको एक हप्ते कार्यक्रमहरूबारे सुचना प्रसार गर्न प्रत्येक सदस्यहरूको घरघरमै पुगेर वार्षिक साधारणसभा सम्बन्धिको आमन्त्रण पत्र पठाइएको थियो । सोही सूचना संस्थाको सूचना पार्टी, ‘विभिन्न पत्रपत्रिका, टोलटोलमा टाँगिएको टुल, संस्थाको सामाजिक सञ्जालको पेजमा पोस्ट गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: