बारा । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको कलैया शाखाले २०७८ आश्विन २३ गते शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कलैया उपमहानगरपालिका वडा नं १ राजदेवी माता मन्दिरको प्राङगणमा आयोजित कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेशराय यादव, प्रशासकिय अधिकृत नाथु साह, बारा उद्योग वाणिज्य महासंघका अध्यक्ष राजकुमार साह, राजदेवी साङगितिक समूहका सल्लाहकार तथा पदाधिकारी, बैंकका कर्मचारीहरु र स्थानिय बासिन्दाको उपस्थिति रहेको थियो । देशभर १०३ वटा शाखाहरुमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्