बाग्लुङ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले म्याग्दीको बेनी र बागलुङबजारमा बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत “युवा संग महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ । युवा वर्गमा बीमा सँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले इन्स्योरेन्सले असोजको पहिलो हप्ताबाट प्रारम्भ गरेको “युवा संग-महालक्ष्मी लाईफ” बीमा युवा जागरण राष्ट्रिय अभियान छोटो अवधिमा व्यापक हुँदै गइरहेको छ । आज विहान बेनी सामूदायिक माध्यमिक विद्यालयमा संचालन भएको कार्यक्रममा १०५ जना विद्यार्थीको सहभागिता थियो ।
प्रधानाध्यापक काशिराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य एजेन्सी म्यानेजर दिलमाया विटालुले राखेकी थिईन् । सावित्रा खत्रीले संचालन गरेको कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रिय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।
यसै क्रममा हिजो आसोज १९ गते धौलागिरी बहुमुखि क्याम्पस बागलुङमा पनि “युवा संग महालक्ष्मी लाईफ” बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । २५ जना सहभागी भएको कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख राम प्रसाद उपाध्यायले गरेका थिए । कम्पनीको बागलुङ कार्यालय प्रमुख विश्वनाथ आचार्यले संचालन गरेका कार्यक्रममा प्रशान्तराज धमला र जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्