×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : महोत्तरीका व्यापारीलाई माटाका भाँडा बेच्न भ्याइनभ्याई, ताप्लेजुङका किसानहरु अलैँची टिप्न व्यस्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : महोत्तरीका व्यापारीलाई माटाका भाँडा बेच्न भ्याइनभ्याई, ताप्लेजुङका किसानहरु अलैँची टिप्न व्यस्त

Artha Sarokar

११ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित हटियामा माटाका भाँडा बिक्री गरिरहेका व्यापारीदेखि ताप्लेजुङको फुङलिङ नगरपालिका–९ सिद्धिडाँडा क्षेत्रमा अलैँची टिप्दै गरेका किसानसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
 हेरौं फोटो समाचार :

महोत्तरीको सदरमुकाम जलेश्वरस्थित हटियामा माटाका भाँडा बिक्री गर्दै व्यापारी

ताप्लेजुङको फुङलिङ नगरपालिका–९ सिद्धिडाँडा क्षेत्रमा अलैँची टिप्दै किसान । ताप्लेजुङमा असोजको पहिलो सातादेखि मङ्सिर अन्तिम हप्तासम्म अलैँची टिपाई हुने गर्दछ ।
बाँसको चोयाबाट निर्मित भकारी बिक्रीको लागि तनहुँको व्यासनगरपालिका–१० स्थित बैरेनी गाउँमा आएका व्यापारी थकाई मार्दै दम्पत्ती । धादिङ घर बताउने ती दम्पत्ती धान थन्काउने सिजनमा भकारी बिक्री गर्न गाउँगाउँ डुल्ने गरेका हुन् । प्रति भकारी रु दुई हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्म बिक्री गर्ने गरेको उनीहरु बताउँछन् ।
 घोराही–१३ मा रहेको धार्मिक एवं पर्यटकीय ठाउँ बा¥हकुने तालमा आधुनिक फाइबरको डुङ्गा सञ्चालनमा आएकोपछि त्यहाँ पुग्ने जो कसैलाई पनि डुङ्गा चढेर घुम्ने रहरले हुन्छ ।

चक्रिय अन्नपूर्ण पदमार्ग अन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिकामा यात्रा गर्दै विदेशी पर्यटक । यो पदमार्ग पाँच जिल्लामा जोडिएको छ ।

खाली जग्गामा केराका विरुवा लगाउँदै एक बालक ।

व्यवस्थित खोर निर्माणपछि सजह रुपमा घुमफिर गर्दै पाल्पाको मदनपोखराका बुद्धिबहादुर नेपाली ।

रुकुम–पश्चिम चौरजहारी नगरपालिका वडा नं ६ खागलस्थित नयाँ स्थानमा सार्नका लागि निर्माण गरिएको विद्यालय भवन । यसअघि रहेको स्थान पहिरोको जोखिममा रहेपछि विद्यालय सार्ने तयारी गरिएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी