काठमाडौं । चार्टड एकाउन्टेन्ट मनोज कुमार ज्ञवाली नबिल बैंक लिमिटेडको महाप्रबन्धकमा बढुवा भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समितिले ज्ञवालीलाई बढुवा गरेको हो । १४ महिनाअघि नबिलको नायव महाप्रबन्धकमा नियुक्त भएका ज्ञवाली महाप्रबन्धकमा बढुवा भएका हुन् । नबिलमा महाप्रबन्धकलाई डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइने चलन छ । बैंकको सोमबार बसेको सञ्चालक समितिले ज्ञवालीलाई बढुवा गरेको हो ।अर्थात अव नबिल बैंकमा सुजित शाक्य र बिनय रेग्मीसँगै मनोज कुमार ज्ञवाली पनि डेपुटी सीइओका रुपमा रहने भएका छन् ।
ज्ञवाली नबिल आउनुअघि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । स्पष्ट अभिव्यक्ति दिने र बैंकिङको ‘कोर नलेज’ भएका व्यक्तिका रुपमा परिचित ज्ञवालीसँग नियामक नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्