काठमाडौं । मेगा बैंकले आफ्ना सेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले साबिकका पश्चिमाञ्चल डेभलपमेण्ट बैंक, टुरिजम डेभलपमेण्ट बैंक र गण्डकी विकास बैंकले विभिन्न साधारणसभाबाट पारित गरेको नगद लाभांश हालसम्म पनि बुझि नलिएको तथा दाबीसमेत नपरेको भन्दै मेगा बैंकले ती सेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको हो ।
उक्त कम्पनीले नगद लाभांश लिन बाँकी सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र सेयरधनी प्रमाणपत्र र परिचय खुल्ने कागजातसहित सेयर रजिष्ट्रार मेगा क्यापिटल मार्केट्स क्यापिटल त्रिपुरेश्वरमा सम्पर्क गर्न आग्रह गरेको छ ।
सुचना प्रकाशित भएको मितिले ३५ दिनसम्म पनि लाभांश रकम लिन नआएमा पाँच वर्ष पुरा भई भुक्तानी गर्न बाँकी रहेको लाभांश रकम कम्पनी ऐन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्