काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा पुस्कर राज जोशी नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बसेको २२१औं सञ्चालक समिति बैठकले जोशीलाई आज सोमबारदेखि लागू हुनेगरी सीइओमा नियुक्त गरेको हो । जससँगै जोशीले आगामी ४ वर्षका लागि सीइओको जिम्मेवारी सम्हाल्नेछन् ।
तत्कालिन प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले स्वेच्छिक अवकाश लिए पश्चात खालि रहेको पदमा जोशीलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा संस्थाले नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको हो । बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकर जोशीले कञ्चन डेभलपमेन्ट बैंक र भार्गव विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्नुभएका जोशीले पछिल्लो समयमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । जोशीसंग २३ वर्ष भन्दा लामो अवधिको बैंकिङ अनुभव रहेको संस्थाले जानकारी दिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्