काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १९३.३३% ले खुद नाफा बढाएको वित्तीय विवरण प्रकाशित गरेको हो । यस कम्पनीले असोज मसान्तसम्म ६ करोड ३७ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
यता कम्पनीका अनुसार खुद ब्याज आम्दानी ११५.७१% ले बढ्दा सञ्चालन नाफामा पनि १९३.३३% को सुधार भएको छ । यस्तै रिजर्भ कोषमा पनि १७०.७६% थपिएपछि ४१ करोड रुपैयाँ भन्दा माथि पुगेको वित्तीय विवरणमा उल्लेख छ ।
हाल कम्पनीको चुक्ता पूँजी ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी वार्षिक ५८ रुपैयाँ ६२ पैसा छ ।