काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुन र गृहमन्त्री बालकृष्ण खाँड थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् । दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य(किरण)लाई भेट्न उपराष्ट्रपति पुन बिहान ८ः३० बजे नर्भिक अस्पताल पुगेका हुन् । उनले अस्पतालमा रहेका नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए । नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेता वैद्यको स्वास्थ्य अवस्थाको विषयमा उपराष्ट्रपतिलाई जानकारी गराएका थिए ।
सो क्रममा उहाँले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए । उनी नर्भिक अस्पतालमा करिब १० मिनेट बसेका थिए । उपराष्ट्रपति निस्किएपछि संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँड समेत नेता वैद्यलाई भेट्न नर्भिक पुगेका थिए । सो क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश समेत वैद्यलाई सुनाएका थिए । आफू र प्रधानमन्त्रीले समेत वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको र उनको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई आग्रह गरेका थिए । आइतबार बिहान नर्भिक भर्ना भएका नेता वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्