काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १२औं वार्षिक साधारणसभा कात्तिक १२ गते बोलाएको छ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा कम्पनीको रजिष्टर्ड कार्यालय रविभवन, काठमाडौंमा बिहान ११ बजे सुरु गर्ने निर्णय गरेको हो ।
सभामा आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन र वार्षिक वित्तीय विवरण (२०७७ साल श्रावण १ गतेदेखि २०७८ साल आषाढ मसान्तसम्मको नाफा र नोक्सान हिसाब, वासलात, सोही अवधिको नगद प्रवाह विवरण) स्वीकृत गर्ने प्रस्ताव पेस गरिने भएको छ । यस्तै सभामा २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।