×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंक र महेन्द्र नारायण निधि मेमोरियल अस्पतालबीच सम्झौता, मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मुक्तिनाथ विकास बैंक र महेन्द्र नारायण निधि मेमोरियल अस्पतालबीच सम्झौता, मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिइने

Artha Sarokar

२१ आश्विन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन महेन्द्र नारायण निधि मेमोरियल अस्पतालसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले बसुन्धारामा रहेको महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा बेड चार्ज, डाएग्नोस्टिक-इन हाउस, र्फामेसी, प्रक्रियामामा १० % सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको  एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी